काठमाडौं, २ भदौ । नेपाल इन्स्योरेन्स कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागी आवेदन खुल्ला गरेको छ ।
कर्पोरेट क्षेत्रमा म्यानेजर तहमा १० बर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आवेदकको उमेर सिमा ५४ बर्ष भन्दा कम तोकिएको छ । व्यवस्थापन वा अर्थशास्त्रमा कम्तिमा स्नातकोत्तर गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकले वायोडाटा, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रका अलावा कम्पनीका लागि विजेनश प्लान समेत पेश गर्नु पर्नेछ । १५ भदौ सम्ममा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले निर्जिवन विमा कारोवार गर्दै आएको छ ।














प्रतिक्रिया