२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस र मधेसी मोर्चावीच परामर्श, सहमति खोज्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Morcha-Meeitng-e1447494949196काठमाडौं, ७ साउन । नेपाली कांग्रेसले नयाँ सरकारमा सहभागिताका विषयमा मधेसी मोर्चासँग पनि परामर्श गर्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा हुने छलफलमा कांग्रेसले मधेसी मोर्चालाई सरकारमा सहभागी हुन आग्रह गर्ने नेताहरूले बताएका छन् । कांग्रेसले नयाँ सरकारका विषयमा छलफल गर्न मधेसी मोर्चालाई बोलाएको छ ।

मधेसी मोर्चाले आफ्ना मागका विषयमा कांग्रेस र माओवादी केन्द्रले प्रतिवद्धता जनाए अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुका साथै नयाँ सरकार बनाउन सहयोग गर्ने जनाउँदै आएको छ ।

मधेसी मोर्चाले आफ्ना माग पूरा नहुँदासम्म सरकारमा सहभागी नहुने उल्लेख गर्दै आएको छ । तर, कांग्रेस र माओवादी केन्द्रले जसरी पनि मधेसी मोर्चालाई सरकारमा सहभागी गराउने जनाउँदै आएका छन् ।