२६ कार्तिक २०८३, बिहिबार

‘प्रचण्ड’लाई कांग्रेसको समर्थन यथावत, रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’को अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress leader Bimalendra Nidhiकाठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको समर्थन यथावत रहेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता निधीले भन्नुभयो, ‘कांग्रेसको समर्थन प्रचण्डजीलाई छ । कांग्रेस अहिले दायाँबायाँ गर्दैन ।’ उहाँले अहिले अरु विषयमा कुनै पनि हालतमा सोँच्न नसकिने बताउनुभयो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र चार बुँदेका विषयमा भएका टिकाटिप्पणीको खण्डन गर्दै कांग्रेस नेता निधीले अहिले माओवादी केन्द्र र कांग्रेसवीचको गठबन्धन कसैले तोड्न नसक्ने बताउनुभएको हो ।

उहाँले अहिले कांग्रेसबाट प्रधानमन्त्री बन्ने कुरा असंभव जस्तै रहेको संकेत गर्नुभएको थियो ।

एमालेका कारण संसद अबरोध भएको दाबी गर्नुभएका नेता निधीले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीसँग हिम्मत छ भने संसद चल्न दिएर अविश्वासको प्रस्ताव सामना गरे हुन्छ । आज सहमति भए पनि नभए पनि संसद चल्नेछ ।’