१ कार्तिक २०८३, शनिबार

पहिलो किस्ताको दश करोड रकम भूकम्पपीडितको खातामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

त्रिशूली (नुवाकोट), ६ साउन । सरकारले नुवाकोटका भूकम्पपीडितको खातामा पहिलो किस्ता रकम प्रदान गर्न थालेको छ । यसै साताबाट पीडितको खातामा पहिलो किस्ताबापत रु ५० हजार प्रदान गर्न थालेको हो ।

नुवाकोटका निजी आवास अनुदानका लागि ३० हजार ९४४ भूकम्पपीडितसँग सम्झौता भएको छ । सरकारको तथ्याङ्कअनुसार जिल्लामा ६५ हजार ७७३ भूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा छ ।

अहिलेसम्म दुई हजार ३९ परिवारका लागि रु १० करोड १९ लाख ५० हजार प्रदान गरिएको छ । बैंकले उक्त रकम पीडितको खातामा राखिदिइसकेको छ । मनकामना, तलाखु, लच्याङ, जिलिङ, बुधसिङ गाविसको लाभग्राहीका लागि पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत पीडितको खातामा राखिदिएको जिविस नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिनुभयो ।

तलाखु गाविसका ७१० परिवारका लागि रु तीन करोड ५५ लाख, लच्याङ गाविसका २३ परिवारका लागि रु ११ लाख ५० हजार, जिलिङ गाविसका ५५२ परिवारका लागि रु दुई करोड ७६ लाख निकासा भएको भूकम्पीय पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ नुवाकोटले जनाएको छ ।

यस्तै बुधसिङ गाविसका ५४६ परिवारलाई रु दुई करोड ७३ लाख, मनकामना गाविसका २०८ परिवारका लागि रु एक करोेड चार लाख पीडितको खातामा पठाएको हो । नुवाकोटका ११ वटा गाविसमा विभिन्न समस्याका कारण अनुदान सम्झौताको अभियान अघि बढ्न सकेको छैन । घ्याङफेदी, सामरी, बुङताङ, गणेशस्थान, काहुले, तुप्चे, थानापति, सूर्यमति, पञ्चकन्या, थानसिङ र शिखरबँेसी गाविसमा अनुदान सम्झौताको काम अघि बढ्न नसकेको हो । शिखरबँेसी गाविसमा गुठीको जग्गा धेरै भएकाले सरकारले गुठीको समस्या समाधान गर्न नसकेका कारण अनुदान सम्झौतामा ढिलाइ भएको बताइएको छ । रासस