१ कार्तिक २०८३, आइतबार

‘म त तिम्रै हु’मा दङ्गाली छोरा आकाश मुख्य भुमिकामा, भोलिदेखि प्रर्दशन हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ma ta timrai ho– निशानदाजु भट्टराई

घोराही । भोलिदेखि दाङसहीत देशभर एकैसाथ नेपालि कथानक चलचित्र ‘म त तिम्रै हु’ प्रर्दशन हुदैछ ।

उक्त चलचित्रको मुख्य भुमिकामा दङ्गाली कलाकार आकाश श्रेष्ठ देखिनु भएको छ । अहिलेका नेपालि चलचित्रका स्टार नायक अनमोल केसीका आमा सुस्मिता केसी र सुवास थापाको निर्माण रहेको फिल्मलार्इ अनमोल क्रियशनको नाममा रहेको ब्यानरमा निर्माण गरिएको छ ।

युवा पुस्तालाई लक्षित गरी बनाईएको फिल्मको निर्देशन श्रीराम महतले गर्नुभएको छ। लभ स्टोरीमा आधारीत उक्त फील्मले सबै दर्शकको मन जित्ने निर्माण पक्षले विश्वास लिएको छ ।

पाल्पा, चितवन, मकवानपुर, गढी लगायतका विभिन्न धार्मिक तथा पर्यटकीय, मनोरम स्थानमा छायांकन गरिएको उक्त चलचित्रको मुख्य भुमिका देखिने अवसर दङ्गाली कलाकार श्रेष्ठले पाउनु भएको हो ।

सानैदेखि मोडल र चलचित्रमा क्षेत्रमा रुचि राख्ने श्रेष्ठले यस चलचित्रमार्फत चलचित्र क्षेमा डेब्युसमेत गर्नु भएको छ । म्युजिक भिडियोमा असाध्यै रुचाइएका श्रेष्ठ र्याम मोडलिङ हुदै यस क्षेत्रमा प्रवेश गरेका हुन् ।

पहिलो म्युजिक भिडीयो उगेन लिम्वुको अगालो वोलको गीतबाट उहाले म्युजिक भिडियोमा डेब्यु गर्नु भएको थियो । डेब्यु फील्म रिलिज नहुदै उहालाई अर्को नयाँ फील्ममा अनुबन्धित भइसक्नु भएको छ ।

उहालाई चलचित्र तिमी संगमा ड्रीम्स फिल्मकी नायिका सम्राग्य राज्यलक्ष्मी शाहसंग रोमान्स गरेका देख्न पाउनुहुनेछ । छोटो अवधिमै ख्याति कमाउनु भएका नव नायक श्रेष्ठले विविएको आठौ समेस्टर अध्ययनरत हुनुहुन्छ ।

तुलसीपुर निवासी श्रेष्ठ वुवा धुर्वकुमार श्रेष्ठ र आमा रिता श्रेष्ठको सुपुत्र हुनुहुन्छ । यो चलचित्रमा आकाशसंगै नव नायिका ज्योत्सना योगी, सुस्मिता केसी, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य भूमीका रहेको छ ।

यस्तै चलचित्रमा सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा र पटकथा सम्बाद कृष्ण आचार्यको रहेको फिल्ममा हर्कुलिस बस्नेतले संगीत भर्नु भएको छ छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

म त तिम्रै हु बोलको गीतमा हर्कुलिस बस्नेतको शब्द संगीत तथा संगीतकार बस्नेत र निखिता थापाको स्वर सुन्न सकिन्छ। गीतमा पनि आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ।