२ कार्तिक २०८३, सोमबार

यसकारण माओवादीलाई सैनिक मञ्चमा प्रवेश गर्न दिइन : कटवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rukmangad-katwal

काठमाडौं, २ भदौ । आत्मकथा लेखेर चर्चामा आएका पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले आफ्नो पुस्तक विपरीत आएका टिप्पणीको स्पष्टीकरण दिएका छन् ।

पूर्वप्रधानसेनापति कटवालले सामाजिक सञ्जाल फेसबुकमा आएका विभिन्नि टिकाटिप्पणीको जबाफ फेसबुकबाटै दिएका हुन् ।

खासगरि, प्रधानसेनापति भएपछि माओवादीलाई सैनिक मञ्च छिर्न नदिएको विषयमा उनले मुख खालेका हुन् । ‘पुस्तकमा उल्लेखित घटना म प्रधानसेनापति भइसकेपछिको हो। मैले प्रधानसेनापतिको फुली लगाएको २०६३ भदौ अन्तिम साता हो भन्ने प्रसंग त्यसअघिकै अध्यायमा उल्लेख भइसकेको छ, अहिले सामाजिक सञ्जालमा उल्लेखित घटना २०६३ जेठ १९ गतेको हो, जतिबेला म चिफ भएकै थिइनँ ।’, उनले भनेका छन्, ‘मैले थाहा पाएको हुँ। यो कुरा त्यतिबेलाका पत्रपत्रिकाले समेत उल्लेख गरेकै छन् । त्यतिबेला अचानक आइपरेको परिस्थितिबाट ठूलो जनधनको क्षति हुन नदिन सेनाले संयमता अपनाएको थियो । म चिफ नहुँदाको घटना भएकाले यसबारे पुस्तकमा उल्लेख गरिएको छैन।’

उनको थप दाबी छ, ‘त्यो घटनालाई लिएर हो जतिबेला माओवादी पार्टीले प्रचण्डको उपस्थितिमा पहिलो आमसभा नै सैनिक मञ्चमा गर्ने तयारी गरेको थियो, अघिल्लो घटनाबाट पाठ सिकेरै राष्ट्रिय अस्मितामाथि प्रहार हुन नदिन मैले योजनाबद्ध रूपमा सैनिक मञ्चमै गर्न लागिएको सभा त्यहाँ हुन नदिएकै हुँ।’