१ कार्तिक २०८३, आइतबार

टोरोन्टोमा गुञ्जियो धिमे बाजा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhime-baja

टोरोन्टो, क्यानाडा । नेपालीहरु अधिक मात्रामा रहेको टोरोन्टोको पश्चिम भेगस्थित ईटोबिकोकमा गत १० बर्षदेखि नियमित रुपमा संचालन गर्दै आएको ‘फ्युजन अफ टेस्ट’ मेलामा यस वर्ष नेपाली धिमे बाजा र खैजडी प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

नेवारी बाजा धिमे र भुस्या बादन प्रस्तुत हुँदा नेपाली त रमाउने भइ नै हाले साथमा क्यानेडेली र अन्य समुदायका दर्शकहरुले समेत हात हल्लाइ हल्लाइ उफ्रीन थालेपछि वातावरण रौनकमय बनेको थियो ।

बहु सांस्कृतिक नगरी टोरोन्टोमा बसोबास गरि रहेका विभिन्न समुदायको आ आफ्नो संस्कृति प्रबद्र्धन गर्ने हेतुले आयोजित कार्यक्रममा धिमे बाजाको अगाडि पश्चिमेली ड्रम र गीतार फितलो भएको महसुस गरिएको थियो ।

धिमे बाजाको चर्को आवाज पछि मादल, वाँसुरी, चाँप र खैजडी धुनले थप आनन्द भएको आभास अन्य समुदायले गरे । नेपाली परम्परागत बाजा धिमेको चर्को धुन र मादल तथा खैजडीको मधुर धुनले दर्शकलाई नयाँपनको आभास दिएको वाद्यवादक उत्तमकुमार माकजुले बताए ।

प्रसिद्ध मादल बादक सानुराजा महर्जन सहितको नेपाली लोक संगीत समुहले नेपाली लोक धून प्रस्तुत गरेपछि ‘यो दाजुको मिर्मिरे आँखामा’, ‘छातीमा मेरो यो छोटो भोटो’ भाकाका प्रशिद्ध नेपाली लोक गीतहरु मादल, बाँसुरी, चाँप , खैजडी को सुर ताल मा प्रस्तुत गरिएको थियो भने ढुंगे बगर माया ढुंगे बगर गीतलाइ धिमे, मादल, भुस्या, बाँसुरी मा पन्चे बाजाको तालमा प्रस्तुत गरिएको थियो ।

चाँप, बाँसुरी, खैजडी को सहयोगमा पाश्चात्य सांगीतिक तालमा धिमे सोलो प्रस्तुत गरिंदा मेलाको माहौल थप रोमाञ्चकपूर्ण भएको थियो । सो लोक बाजा समुहमा सानुराजा महर्जन लगायत प्रदीप बाँस्कोटा, बिजु सिंह, उत्तम माकजु समाबेस थिए ।

नेपाली समुहको प्रस्तुति अरुभन्दा पृथक र मौलिक भएकोले दर्शकहरुले धेरै रुचाइएको थियो। टोरोन्टो महानगर पालिकाका उप मेयर भिन्सेन्ट क्रिसन्ति लगायतका बिशिस्ट महानुभाबहरु नेपाली वाद्यवादनबाट प्रभावित बनेको मेला आयोजक समिति तथा अल्बियन ईस्लिङ्ग्तन ब्युजिनेस इम्प्रोभमेंट एरियाका बोर्ड अफ डाइरेक्टर अतुल सुबेदीले जानकारी दिए ।

सोहि लोक संगीत समुहले गत मे महिनामा टोरोन्टो को मध्ये क्षेत्र नर्थ योर्क मा भएको ग्लोबल भिलेज फेस्टिवल मा नेपाली समुदायको क्यानेडियन नेवा गुठिको तर्फबाट पनि नेपाली तथा नेवारी लोक धून प्रस्तुत गरेका थिए ।