२६ कार्तिक २०८३, बिहिबार

डा केसीलाई वार्तामा आउन सरकारी टोलीको आग्रह, आज ३ बजे वार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-govinda-kc

काठमाडौँ, ६ साउन । बाह्र दिनदेखि विभिन्न माग राखी अनशन बसेका डा गोविन्द केसीलाई सरकारी टोलीले वार्तामा आउन आग्रह गरेको छ ।

सरकारले केसीको मागलाई सम्बोधन गर्न बुधबार प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गरेपछि उक्त टोली आज त्रिभुवन शिक्षण अस्पताल पुगी केसीलाई वार्तामा आउन आग्रह गरेको हो ।

वार्ता टोलीका सदस्य शिक्षा मन्त्रालयका निमित्त सचिव डा लवदेव अवस्थीले डा केसीलाई वार्तामा आउन आग्रह गरिएको तर डा केसीको तर्फबाट केही निर्णय नआइसकेको जानकारी दिनुभयो ।

यसैबीच सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच आज दिउँसो ३ बजे स्वास्थ्य मन्त्रालयमा वार्ता हुने भएको छ । डा केसीका सहयोगी जीवन क्षेत्रीका अनुसार पहिलो चरणको वार्ता स्वास्थ्य मन्त्रालयमा हुन लागेको हो । रासस