भक्तपुर, ६ साउन ।सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले सरकार बिघटन गर्न खोजिएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबकले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले सरकार बिघटन गरेको आरोप लगाए ।
उनले नयाँ गठबन्धन नेपाल र नेपालीको हितमा नभएको दाबी गरे । सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएता पनि उनको भूमिका निश्पक्ष नरहेको उनको दाबी थियो । सभामुख निष्पक्ष नहुँंदा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको उनको ठम्याइ थियो ।
सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्री राईले नीति तथा कार्यक्रम २ करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सम्झौता आफ्नो इच्छाले भन्दा पनि बाहिरी प्रभावमा बनेको स्पष्ट भएको बिभिन्न स्थानमा गरिएका भोज र तराई आन्दोलन सरिक गठबन्धनले कांग्रेस र माओवादीलाई गरेको सहयोग रहेको बताए ।













प्रतिक्रिया