जनकपुरधाम, २ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो दललाई पाखा लगाएर बनाएको संविधान अमान्य हुने बताउनुभएको छ ।
सहिद रामवृक्ष यादवको २० औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले गोलमेच सम्मेलनको माग दोहो¥याउनुभयो ।
पार्टी महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले नेपाली समाज बाह्य शक्तिबाट दबाइएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा माओवादी नेता रोशन जनकपुरीले यादवको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । यसैबीच एकीकृत नेकपा (माओवादी) ले आज छुट्टै कार्यक्रम आयोजना गरी यादवको स्मृति दिवस मनाएको छ । रासस
















प्रतिक्रिया