काठमाडौँ, २ भदौ । यातायात व्यवस्था विभाग, सवारी चालक अनुमति पत्र कार्यालय बाग्मतीका पूर्व निमित्त प्रमुख रामदत्त भट्ट र सात बिचौलियासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश पाछै महर्जन, कम्प्युटर अपरेटरहरु संजीव न्यौपाने, दिलीप सिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमालविरुद्ध मुद्दा दायर भएको हो ।
ड्राइभिङ स्कुल संचालन तथा बिचौलियामा काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
सवारी चालक अनुमति पत्र कार्यालय कर्मचारीहरु र बिचौलियाको मिलोमतोमा घूस लिर्इ ६ महिनाको अवधिमा उनीहरुले प्रयोगात्मक परीक्षामा फेल भएका १ सय ९७ लार्इ ड्राइभिङ लाइसेन्स दिइएको भेट्टिएपछि उनीहरुलाई अख्तियारले प्रक्रिया अघि बढाएको हो ।
उनीहरुलाई ५३ लाख ७८ हजार कुल बिगो दाबी गरिएको छ । प्रयोगात्मक परीक्षामा फेल भई अनियमित तरिकाबाट जारी भएका १९७ लाइसेन्स रद्ध गर्न अख्तियारले यातायात व्यवस्था विभागलाई आदेश दिएको छ ।
















प्रतिक्रिया