काठमाडौं ।
‘चट्टानलाई फोडेर निस्किने फलाम हुँ म
कालो बादल र अन्धकारलाई चिर्दै निस्कने घाम हुँ म
दुष्टहरुको संहार गर्दै न्यायको विगुल फुक्ने परशुराम हुँ म’
यो डाइलग बोल्दै नेपाली फिल्मी क्षेत्रमा फर्किएका छन् नायक विराज भट्ट ।
एक्शन हिरो विराजको प्रतिष्ठित फिल्म ‘जय पर्शुराम’को ट्रेलर बुधबार रिलिज भएको छ । यो फिल्म साउन २८ गते प्रदर्शनमा आउने भएको छ ।
नेपाली दर्शकहरुले एकपटक फेरि विराजको धमाकेदार एक्शन फिल्म ‘जय पर्शुराम’बाट हेर्न पाउने भएका छन् । फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छिन् ।
रोज राणाको निर्माण निर्देशन रहेको फिल्म श्रीराम बालाजी फिलम्स प्रालीको व्यानरमा तयार भएको हो । विराजको कमब्याककै कारण चर्चामा रहेको फिल्मको चर्चा यसअघि नै हुन थालेको थियो ।
















प्रतिक्रिया