मनिला, ५ साउन । फिलिसिन्सको सर्वोच्च अदालतले मङ्गलबार पूर्व राष्ट्रपति ग्लोरिया आरोयोविरुद्ध लामो समयदेखि चल्दै आएको भष्ट्राचारको मुद्दा खारेज गरेको समाचार छ ।
यो फैसलासँगै गएको पाँच बर्षदेखि पक्राउ पर्नुभएका आरोयोलाई तत्काल मुक्त गर्न पनि अदालतले आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले सन् २००१ देखि २०१० सम्म फिलिपिन्सको राष्ट्रपति पद सम्हाल्नु भएको थियो । त्यस समयमा उहाँले गरेका कतिपय निर्णयहरु भ्रष्टाचारबाट मुक्त हुन नसकेको भन्दै उहाँमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो ।
सन् २०११ को नोभेम्बरमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएका ६९ बर्षीया आरोयो मङ्गलबारको सो फैसलासँगै मुक्त हुनु भएको छ ।
पक्राउ परेको सो समयदेखि नै उहाँ अस्पतालमा रहनुभएको थियो । अस्वस्थताका कारण भन्दै उहाँलाई अस्पतालमै नजरबन्दका रुपमा राखिएको थियो ।
अदालतको यो फैसलासँगै उहाँ त्यहीँबाटै नजरबन्द मुक्त हुनुभएको समाचारमा जनाइएको छ ।
उहाँ उपचारको लागि यसअघि करिब पाँच वर्षदेखि नै रहनुभएको मनिला सरकारी अस्पतालबाटै रिहाईको प्रक्रिया मिलाइएको अधिकारीहरुले जनाएका छन् । त्यहीँबाट नै उहाँ मुक्त हुनुभएको उहाँको वकिलले बताउनु भएको छ ।
उहाँका विरुद्धमा चलाइएको मुद्दाको प्रमाण पर्याप्त मात्रामा नभएकोले सो मुद्दा खारेज गरिएको सर्वाेच्च अदालतका प्रवक्ता दओदोरे टेले समाचारदाताहरुदलाई बताउनुभएको छ ।
आरोयोमाथि ८८ लाख अमेरिकी डलर बराबरको सरकारी कोष भ्रष्टाचार गरेको आरोप लागाइयो समाचारमा जनाइएको थियो ।
आरोयोले पछिल्लो समय सर्वाेच्च अदालतलाई आफ्नो मुद्दा खारेज गरिदिन रीट पनि हाल्नुभएको थियो । रासस/एएफपी
















प्रतिक्रिया