२ कार्तिक २०८३, सोमबार

खाद्य सुरक्षामा कोरियाको अनुदान सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-korea-flagकाठमाडौँ, ५ साउन । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)द्वारा नेपालमा सञ्चालित सामुयल शून्य भोकमरी समुदाय परियोजनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले २० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ ।

डब्लुएफपी नेपालले आज एक विज्ञप्तिमार्फत उक्त सहयोगको स्वागत गर्दै अनुदानले सुदूरपश्चिम क्षेत्रमा गरिबी र खाद्य असुरक्षा न्यूनीकरणसम्बन्धी आफ्नो कामलाई सन् २०१७ सम्म निरन्तरता दिन सहयोग पुग्ने जनाएको छ ।

सामुयल शून्य भोकमरी परियोजना सन् २०१२ मा डोटी जिल्लाका लाडागडा र पोखरी गरी दुई वटा गाविसमा सुरु गरिएको हो । त्यसपछिको तीन वर्षमा, ती समुदायका एक हजार ७७२ घरपरिवारका जीविकोपार्जनमा उल्लेखनीय सुधार आएको सो कार्यालयले जनाएको छ ।

परियोजनाको नयाँ चरणमा डोटी जिल्लाका थप पाँच गाउँ गन्जरी, गौरीगाउँ, कदमानडाऔँ, खीरसैनान्द र सानागाउँका पाँच हजारभन्दा बढी घरपरिवार समावेश हुने कार्यालयलेको विज्ञप्तिमा उल्लेख छ ।

गणतन्त्र कोरियाले आफ्नो विकास नियोग कोइकामार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएको परियोजनाको कार्यान्वयन डब्लुएफपीले गर्दछ र परियोजना आफ्नो विकास प्राथमिकताअनुरुप रहेको सुनिश्चित गर्ने कार्यमा सरकारको परियोजनामा संलग्नता छ । रासस