– सुशिल खरेल
यूरोप । चर्चित गायक बाबु बोगटीको नयाँ गितको म्यूजिक भिडियो सार्यजनिक भएको छ ।
थोरै थोरै बोलको गितको छायांकन ईटलीको भेनिस शहरमा गरिएको छ जुन युरोपकै चर्चित शहरमध्ये एक हो । मायाको शहर तथा पानीमाथिको शहरको नामले चर्चित भेनिसमा छायांकन गरिएको सम्भवत यो पहिलो नेपाली गित हो । भिडियोमा नवकलाकार (बेल्जीयम निवासी) शान्ती भट्ट, ज्योति भट्ट तथा फजिल खानको मुख्य अभिनय रहेको छ । गितको छायांकन भेनिस लगायत फेसन सिटिको नामले परिचित मिलान र बेल्जीयमको ब्ल्याङकेनवर्गमा समेत गरिएको छ । जिएम प्रधानको शब्द तथा मोहित मुनालको संगित संयोजनमा सजिएको गितको निर्देशन, छायांकन तथा सम्पादन उज्वल केसीले गरेका छन् ।
उज्वल केसी नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता तथा म्यूजिक भिडियो निर्देशनमा चिर परिचित छन् । केसीले यस लगत्तै डच गितमा समेत निर्देशन गर्दै छन् । पछिल्लो समय नेपाली गित बिदेशमा छायांकन गरिने चलन बढिरहेको छ । तर अन्य गितको भिडियो भन्दा यो गित फरक र नयाँ प्रविधिमा निर्माण गरिएको निर्देशक केसीले बताए । छायांकनमा अत्याधुनिक ड्रोनको साथै ४के क्यामेरा प्रयोग गरिएको छ । ठुलो लागत र कडा परिश्रमले गर्दा भिडियो निकै राम्रो बनेको छ भने यूरोपका सुन्दर दृश्यमाझ केसीले आकर्षक ढंगले क्यामेरा चलाएका छन् । सार्वजनिक भएको छोटो समयमा नै गितले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । यूरोपका बिभिन्न सुन्दर तथा रमणीय दृश्यले भिडियो झनै आकर्षक देखिएको छ ।
तुलसी ईन्टरटेन्मेण्टद्धारा निर्माण गरिएको भिडियोमा नवकलाकार शान्ती भट्ट, ज्योति भट्ट तथा फजिल खानले उत्कृष्ट अभिनय गर्दै यहि गितबाट अभिनय क्षेत्रमा प्रवेश गरेका छन् । बाबु बोगटीको पाँचौ एल्बम “रेस्पेक्ट”मा यो गित समावेश छ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया