काठमाडौँ, २ भदौ । वीपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली कांग्रेसले शुरु गरेको वीपी विचारयात्रा सोमवार सुनसरीको इटहरीबाट अघि बढेको छ ।
वीपी विचारयात्रा धरान, इटहरी, झुम्का हुँदै आइतवार सुनसरीको सदरमुकाम इनरुवामा गएर समापन गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेसले वीपी विचार यात्रा आइतवारदेखि विराटनगरबाट सुरु गरेको हो ।
सोमवार नै सुनसरीको धरानमा गरिएको कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वीपी कोइरालाको आदर्शको अनुकरण गर्दै नैतिक राजनीति, इमान्दारिता र निःस्वार्थ भावले जनताको सेवामा समर्मित हुनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसले वीपी हिडेको सुनसरीको धरानस्थित फुस्रेमा सोमबार नै वीपी पार्कको शिलान्यास पनि गरेको छ । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र पौडेलले वीपी पार्कको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
कांग्रेसले विचारयात्राको समापन वीपीको जन्म दिन पारेर भदौ २४ गते काठमाडौंमा समापन गर्ने तयारी गरेको छ ।
२००३ साालमा प्रजातन्त्रका पक्षमा आवाज उठाउँदा राणा शासकले विराटनगरमा पक्रेर अड्डासार गरी काठमाडौं ल्याउँदा वीपीलाई जुन बाटो हिडाइएको थियो त्यही बाटोहुँदै पदयात्रा हुनेछ ।
राणा शासकले गिरफ्तार गरी पैदल हिडाएर सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङगा, रामेछाप, भक्तपुर हुँदै सुन्दरीजल कारागारमा लगेर नजरबन्दमा राखेको बाटोबाट पदयात्रा गरिंदै छ ।
















प्रतिक्रिया