काठमाडौं, २ भदौ । सोमबार सुनको भाउ केही घटेको छ ।
सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार ३ सय रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँ थियो ।
तेजाबी सुनको भाउ सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५४ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । तेजाबी सुन आइतबार तोलाको ५४ हजार ३ सय रुपैयाँ थियो ।
यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय रुपैयाँ घटेको छ ।














प्रतिक्रिया