२९ आश्विन २०८३, बिहिबार

सुन तस्करीमा संलग्न तीन भारतीय बिमानस्थलबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौ। सुन तस्करीको अभियोगमा तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।

फ्लाइ दुबइको विमानबाट दुबइहुँदै त्रिभुवन विमानस्थलमा अवतरण भएका भारत राजस्थानका लक्ष्मी सोनी, बृज मन र राजकुमार सोनीलाई पाँच किलो सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

शंका लागेर अभियुक्तहरूको सुटकेस जाँच गर्दा लक्ष्मी सोनीले बोकेको सुटकेसबाट एक हजार ६ सय ८३ ग्राम, बृज मनको सुटकेसबाट एक हजार ६ सय ७५ ग्राम र राजकुमार सोनीको सुटकेसबाट एक हजार ६ सय ९५ ग्राम सुन बरामद् भएको थियो ।

तीनैजना अभियुक्तलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखेर अनुसन्धान थालिएको जनाइएको छ ।