काठमाडौँ, २ भदौ । नेपालमा इबोला भित्रिन नदिन
नेपाल सरकारले सतर्कता अपनाई रहेका बेला भारतमा इबोला भाइरसको संक्रमण देखा परेको छ ।
नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको हो ।
इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य परीक्षणसँगै उक्त संक्रमण देखिएपछि ती नागरिकलाई लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि पठाइएको थियो ।
सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।
पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको आधारमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।
छिमेकी मुलुक भारतमा समेत इबोलाका बिरामी भेटिएकाले नेपालमा पनि यसको उच्च जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।















प्रतिक्रिया