२६ कार्तिक २०८३, बिहिबार

चीनको पक्षमा उभियो बाबुरामको नयाँ शक्ति पार्टी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naya-shakti

काठमाडौं, ३ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उत्तरी छिमेकी चीनलाई बाह्य हस्तक्षेप सहन नहुने सुझाव दिएको छ ।

साउथ चाइना सी (दक्षिण चीन सागर) सम्बन्धी विवादमा हालै अन्तर्राष्ट्रिय न्यायाधिकरणले चीनको विपक्षमा सुनाएको फैसलामा आफ्नो धारणा राख्दै नयाँ शक्ति पार्टीले सोमबार विज्ञप्ति जारी गरी सबै विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएको हो ।

‘सबैखाले अन्तर्राष्ट्रिय विवादलाई शान्तिपूर्ण सम्झौता र संवादका माध्यमले हल गर्नुपर्ने अनि बाह्य हस्तक्षेप हुन नहुने हाम्रो धारणा छ,’ विदेश विभाग प्रमुख हिसिला यमीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।