सल्यान, २ भदौ । सल्यानमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
जिल्लाको लुहाम खोलाले बगाएर बेपत्ता भएका फालावाङ गाविस वडा न ४ का हिरालाल रेउले र कालिमाटी काल्चे गाविस वडा न २ का जहरसिंह वलिको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ७ पुगेको हो ।
यसअघि निगालचुला र कालिमाटी काल्चेमा ५ जनाको ज्यान गएको थियो । सल्यानमा अझै ७ जना भन्दा बढी वेपत्ता छन् ।
यसैबीच बाढिपहिरोमा परि घाइते भएका निगालचुला ७ भदालेका ५ जनाको अझै पनि उद्धार हुन सकेको छैन । उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरिए पनि खराब मौषमका कारण ल्याण्ड हुन नसकेपछि उनीहरुको उद्धार हुन नसकेको हो । उनीहरुको लागी सानो हेलिकोप्टर मगाइएको र आज उद्धार कार्य हुने प्रहरीले जनाएको छ । तीनदिने अविरल वर्षातको कारण घर भत्किएपछि भाग्न खोज्दा एकै घर परिवारका थल बहादुर, इन्द्रकली, मानसिंह, गंगा र जमुना रोका घाइते भएका छन् ।
















प्रतिक्रिया