२ कार्तिक २०८३, सोमबार

एक दर्जन सहकारीको दर्ता खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakariमोरङ, ३ साउन । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२/०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो । सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन

खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङले जनाएको छ । रासस