काठमाडौ । चलचित्र ‘दिपज्योती’को शुभ मुर्हत गरिएको छ ।
शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा उद्योग राज्य मन्त्री मेघराज नेपाली (निषाद)ले दिप प्रज्वलन गरेर चलचित्रको शुभारम्भ गरे ।
कार्यक्रममा मिरा बाँनियाक्षेत्री खड्काले क्यामराको सुईजअन, चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले क्लाप र दिपेन्द्र कोइरालाले नरिवल फुटाएका थिए भने मुर्हत सटको निर्देशक राजु अर्यालले निर्देशन गरे । कलाकार प्रमोद दिप ,दिपेन्द्र कोइराला, प्रज्वोल गिरी, कसिस दाहालले मुर्हत सट अभिनय मार्फत दिएका थिए ।
एनपि फिल्मस् प्रोडक्सनको छैटौ प्रस्तुतिमा अनिस कुमार मैनाली प्रस्तुतकर्ता रहेको चलचित्र ‘दिपज्योती’मा निर्माता दिपेन्द्र कोईराला, मिरा बाँनियाक्षेत्री खड्का, सहनिर्माता बसरुदिन अन्सारी रहेका छन् ।
त्रिकोणत्मक प्रेमकथामा आधारित चलचित्र ‘दिपज्योती’ले सडक बालबालीकाले पनि देश र समाजका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्न सक्छन् भन्ने बिषय कथामा उठाउँन खोजेको छ ।
राजु अयालको निर्देशन रहने चलचित्र ‘दिपज्योती’मा अन्य कलाकारहरु आनन्द पुन, जेनिसा केसी र बालकलाकार आर्सन खड्का, प्रिती चापागाई रहेका छन् भने संगीत सचिन गिरी, द्धन्द्ध सम्रट बस्नेतको रहनेछ ।
चलचित्रको केही कलाकार छनौटको क्रममा छन् । यही ५ गतेबाट चलचित्र छायाँकनमा जाने निर्माण पक्षले जानकारी दियो ।
















प्रतिक्रिया