१ कार्तिक २०८३, शनिबार

एनसेलका प्रबन्ध निर्देशक पर्किन्स कानुन बमोजिम काम गरिरहेको सरकारको स्पष्टोक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parkins-nceelकाठमाडौं, २ साउन । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले श्रम कानुनको पालना गरेरै काम गरिरहेको सरकारले जानकारी दिएको छ ।

बिना श्रम स्विकृति नेपालमा काम गरेको भनेर उनलाई केही मिडियाले आरोप लगाएका बेलामा सरकारको हेल्लो सरकारमा पनि उनको विरद्ध गुनासो पुगेको थियो । उक्त गुनासोको जवाफमा हेल्लो सरकारले आफ्नो ट्विटरबाट यस्तो जवाफ दिएको हो ।

शुक्रबार अपरान्ह, हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट उद्योग विभागले पर्किन्सको श्रम स्विकृतिबारे दिएको जानकारी पत्र नै सार्वजनिक गरेको छ । आफूमा आएको गुनासोलाई सम्बोधन गर्दै हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट विभागको पत्र सार्वजनिक हो ।

उक्त पत्र अनुसार एनसेलको विदेशी लगानीकर्ता रेनल्डस् होल्डिङ्गसको तर्फबाट प्रतिनिधिको रुपमा काम गर्न पर्किन्सलाई चैत्र २९, २०७२ मा निर्णय भएको र उनको व्यवसायीक भिसाका लागि एनसेलले चैत ३०, २०७२ मै निवेदन दिएको देखिन्छ । उक्त निवेदनका आधारमा उद्योग विभागले स्विकृती प्रदान गरे पछि उनले एनसेलमा काम थालेका थिए ।

पछि एनसेलको विदेशी लगानीकर्ताले उनलाई नै म्यानेजिङ्ग निर्देशक बनाउने निर्णय गरे पछि एनसेलले उनको श्रम स्विकृतीका लागि पुनः प्रक्रिया थालेको देखिन्छ । यस अन्तर्गत विदेशी लगानीको कम्पनीले पालना गर्नु पर्ने प्रकृया बमोजिम एनसेलले उनको श्रम स्विकृतीका लागि उद्योग विभागमा निवेदन दिएको र उद्योग विभागले करिब २ हप्ताको समय लगाएर जेठ २५ गते नै सो को स्विकृत गर्दै सो को अनुमोदनका लागि गृह तथा श्रम मन्त्रालयमा पठाएको व्यहोरा उक्त पत्रबाट देखिन्छ ।

यसको मतलब उनको श्रम स्विकृतिको प्रक्रिया उनी प्रबन्ध निर्देर्शक नियुत्त हुने वित्तिकै शुरु भएको देखिन्छ । साथै विदेशी लगानीको कम्पनीमा लगानीकर्ताको प्रतिनिधी आउँदा पहिला व्यवसायी भिषा लिएर काम सम्हाल्दै श्रम स्विकृति लिने समान्य प्रचलन हो ।

हेल्लो सरकारले गरेको यस खुलाषाबाट एनसेलका प्रबन्ध निर्देशक माथि केही मिडियालले लगाएको आरोप मिथ्था रहेको पुष्टि हुन्छ ।

Twitter link of Hello Sarkar : https://twitter.com/Hello_Sarkar/status/753868767378059265

Nceel Nceel-1