२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डको विषयमा ओलीको यस्तो टिप्पणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-prachanda

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘धुलो माटो’को संज्ञा दिएका छन् ।

नेपाल टेलिभिजनबाट शनिबार राति प्रशारित ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई हिन्दी गीत ‘धुली कभि इदर कभि उदर’ अर्थात धुलो कहिले यता कहिले उता भन्दै टिप्पणी गर्नुभयो । उहाँले प्रचण्डको अडिन नसक्ने व्यक्तित्वलाई संकेत गर्दै व्यंग्य गर्नुभएको हो ।

हरेक महत्वपूर्ण निर्णय गर्दा सत्ता साझेदार दलका नेताका हैसियतले आफूले प्रचण्डसँग छलफल गर्ने गरेको उहाँले बताउनुभयो । तर, माओवादीले सम्हालेका मन्त्रालयको काम प्रभावकारी नभएको विषयमा आफूले पटकपटक अबगत गराउँदा पनि प्रचण्डले गम्भीरताका साथ नलिएको बताउनुभयो ।  यद्यपि आफ्नो सरकारलाई नौ महिनासँग समर्थन गरेकोमा उहाँले प्रचण्ड र माओवादी केन्द्रलाई धन्यवाद दिनुभयो ।

माओवादीले सरकार छाड्नुको कारण आफूले पनि बुझ्न नसकेको भन्दै उहाँले विधि, संसदीय प्रक्रियाका लागि आफू अडिरहने बताउनुभयो । संविधान बचाउन आफू सक्रिय रहेको उहाँको भनाइ थियो ।