काठमाडौं, २ साउन । आन्दोलन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका दल आवद्ध संघीय गठबन्धनको बैठक बस्दैछ ।
ललितपुरको कुपण्डोलस्थित एउटा घरमा बिहान ११ बजे बस्ने बैठकमा आन्दोलनका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘आन्दोलनकै विषयमा छलफल हुन्छ’, उहाँले भन्नुभयो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले असार मसान्तदेखि रिले अनशन सक्किएकोले अब संघर्षका नयाँ कार्यक्रम ल्याइने बताउनुभयो । ‘संभवत आज नयाँ संघर्षका कार्यक्रम आउँछन्’, उहाँले भन्नुभयो, ‘पछिल्लो राजनीतिक अवस्थामा कुराकानी हुनेछ ।’
संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले केपी ओलीको सरकार गिराउन माओवादी केन्द्र र कांग्रेसको गठबन्धनलाई सहयोग गर्ने जनाएको छ ।












प्रतिक्रिया