काठमाडौं, २ साउन । कांग्रेस–माओवादी गठबन्धनले नयाँ सरकार बनाउन पहल थालेसँगै दुबै दलका नेताको ध्यान कसरी मधेसवादी दललाई पक्षमा ल्याउने भन्नेमा केन्द्रित छ ।
मधेसी मोर्चा र संघीय गठबन्धन नेतृत्वकर्तासँग औपचारिक–अनौपचारिक भेटलाई तीब्र बनाएका कांग्रेस–माओवादी नेताले सहमतिको आधार सात बुँदे सम्झौतामा समेत मधेसका सवाललाई पहिलो प्राथमिकतामा राखेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
पहिलो नौ महिनाका लागि प्रधानमन्त्री प्रस्ताव गरिएका प्रचण्ड तीन चार दिन यता मोर्चाका नेता फकाउन आफू मात्र नभइ आफ्नो टिमलाई नै परिचालन गरिरहेको अवस्था छ ।
दाहाललको सक्रियतापछि मोर्चाका कतिपय घटक सकारात्मक भएको माओवादी नेताको दाबी छ ।















प्रतिक्रिया