बुटबल । नेपाली पाराको भाकालाई टपक्क टिपेर भगेरी चरीले नामक तीज गीत बजारमा ल्याएका कृष्णबाबु अहिले चर्चामा छन ।
बुटवलको हिल्टन होटलमा आफ्नो नयाँ तीजगीत सार्बजनिक गर्दा उनी निकै हर्षित देखिन्थे । किनकी उनको यो गीतलाई सबै दर्शकले सार्बजनिक स्थल मै स्याब्बासी दिएका थिए। स्यांग्जाको बिर्घाबाट बिगत १० बर्ष पहिले बुटवल झरेका संचारकर्मी तथा गायक एवं मोडल कृष्ण बाबुले निकालेको पछिल्लो तीजगीत ‘भंगेरी चरीले मैदानैमा लरिलरल’ले यस बर्षको स्टेज, कार्यक्रम अनि बजार तताउने बिश्लेषण गरिएको छ ।
भिडियोले छोटो समयमै युट्युवमा पाएको दर्शकको साथले पनि यहि कुराको संकेत गरेको छ । एस के म्युजिक प्रालिको प्रस्तुति रहेको उक्त गीतमा खुमन अधिकारीको लय, कृष्ण बावुको शव्द रहेको छ । स्वर भने खुमन अधिकारी र शिलु भट्टराईको रहेको छ ।
विष्णु भट्टराईको छायाङकन तथा निर्देशन रहेको उक्त भिडियोमा कृष्ण बावु, राज केसी, बविता कंडेल, उषा नेपाल र हांस्य कलाकार उज्ववल गिरीको अभिनय रहेको छ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया