१० कार्तिक २०८३, मंगलबार

मन्त्रीहरू झण्डा हल्लाउँदै पुग्न थाले ‘प्रचण्ड’ निवास, सरकार छाड्ने आश्वासन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandकाठमाडौं, १ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन् ।

नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन् ।

दुई दलले केही दिनअघि आगामी ९ महिनासम्म माओवादी अध्यक्ष प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हुने सहमति जुटाएका छन् ।

संसदमा आगामी साउन ६ गते ओलीविरुद्ध अविश्वास प्रस्ताव बढेपछि बहालवाला मन्त्री अध्यक्ष प्रचण्डलाई फकाउन गोप्य भेटघाटमा जुटेका हुन् ।

खानोपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह शुक्रवार साँझ झन्डावाल गाडीमै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।