भैरहवा, ३१ साउन । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय प्रशिक्षण सम्पन्न भएको छ ।
क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डेको अध्यक्षता, सचिव श्याम बस्यालको संचानल तथा उपाध्यक्ष इन्द्र जित यादवको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा एमालेका क्षेत्रीय अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, क्षेत्रीय इन्चार्ज हरि अधिकारी, सह इन्चार्ज हितराज पन्थी लगायतले जनताको बहुदलिय जनवाद, यसको वर्तमान कार्यदिसा, बजेटमा जनताको सहभागीता र जनताको मागको सम्बोधनको सबाल, सरकारको भूमिका, सरकार हेरफेरको चर्चाको विषयमा केन्द्रित रहेर पार्टी कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
सो अवसरमा नेताहरुले अहिलेको बजेट जनमुखी भएकोले जनता धनी र स्वाबलम्बी भएमा आफूहरु संकटमा परिने डरले भारतको उक्साहटमा लागेर माओवादी र कांग्रेसले वितण्डा मच्चाएको आरोप लगाए ।
नेताहरुले माओवादीले इतिहासमै ठूलो गल्ती गरेको जनाउदैं एमाले जनताको पार्टी भएको हुँदा जनताका प्रतिनिधी सांसदले जे भन्छन् त्यहि म्यान्डेट अनुसार अगाडि बढ्ने जनाउदै संसदमा जाने तयारी गरेको जनाए ।













प्रतिक्रिया