२६ कार्तिक २०८३, बिहिबार

माओवादीका कारण संसदको बैठक साउन छ गतेसम्म स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad Bhawanकाठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र)ले अविश्वासको प्रस्ताव टुङ्गो नलाग्दासम्म संसद चल्न नदिने जनाएपछि व्यवस्थापिका संसदको बैठक साउन छ गतेसम्मका लागि स्थगित भएको छ ।

संसदको बैठक अब साउन छ गते बिहान ११ बजे बस्नेछ । सोही बैठकमा अविश्वासको प्रस्तावको टुङ्गो लगाइनेछ ।

सरकारले ल्याएको बजेटको केही अंग आजको बैठकबाट पारित गर्ने कार्यक्रम थियो । तर, माओवादी केन्द्रले अविश्वासको प्रस्ताव अगाडि बजेट पारित गर्न नहुने अडान राखेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।