काठमाडौं, १ भदौ । राप्रपा नेपालको संस्थापन पक्षसँग असन्तुष्ट असन्तुष्ट बनेको पद्मसुन्दर लावती पक्षले काठमाडौंको सुन्धारामा अलग्गै पार्टी सम्पर्क कार्यालय स्थापना गरेको छ ।
लावती पक्षले अलग्गै कार्यालय स्थापना गरेसँगै राप्रपा औपचारिक रुपमै दुई टुक्रा भएको छ ।
छुट्टै कार्यालय स्थापना गरेसँगै लावती पक्षले पार्टीका कोषाध्यक्षसमेत रहेका दिलविकास राजभण्डारीमाथि थापा पक्षले कारवाही गरेर गलत गरेको भन्दै खेद व्यक्त गरेको छ ।
अनुशासन विपरीत कार्य गरेको भन्दै अघिल्लो साता राजभण्डारीमाथि थापा पक्षले कारवाही गरेको थियो ।
















प्रतिक्रिया