३० आश्विन २०८३, शुक्रबार

भेरीको विनाश : ४३ जना बगायो, दुई जनाको मात्र शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vari-river

सुर्खेत, १ भदौ । सुर्खेतमा भेरी नदीको बाढीमा वेपत्ता हुनेको संख्या अहिलेसम्म ४३ पुगेको छ । सुर्खेतका दुई गाविस तातापानी र बाबियाचौरका ४३ जना भेरी नदीको बाढीमा वेपत्ता भएका हुन् ।

भेरी नदीको बाढीले तातापानी–७ को जामु गाउँका वेदप्रसाद रेग्मीको परिवारका मात्रै सात जना बगाएको छ ।

रेग्मीका दुई–बुहारी, एक नाती र ४ नातिनीलाई बाढी बगाएको स्थानीयले बताएका छन् ।

त्यसैगरी तातापानी–६ को गल्फा गाउँका सज्जन र डबल टमटाको परिवारका १२ जनालाई पनि भेरीको बाढीले बगाएको छ ।

सोही वडाका डिल्ली बिश्वकर्मा र उनका ३ छोरी पनि बाढीमा बगेका छन् ।

त्यसैगरी बच्छी गाउँका जोरा सिंह खत्रीका श्रीमान्–श्रीमतीसहित ४ जना पनि बगेका छन् ।

तातापानी–९ को चाम्रीमा पनि दुई जना बगेका छन् भने बाबियाचौर गाविसमा मात्रै १४ जनालाई बाढीले बगाएको छ ।

ती मध्ये बाबियाचौरका २ जना माझी महिलाको मात्र शव फेला परेको छ ।