१ कार्तिक २०८३, आइतबार

मिस लिम्बु भदौ पहिलो साता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mis Limbuकाठमाडौं । ‘मिस लिम्बु इन्टरनेशनल’ को चौथो संस्करण भदौ पहिलो साता राजधानीमा हुने भएको छ । जसका लागि आयोजकले आवेदन खुला गरेको छ ।

याक्थुङ युथ एशोसिएशनद्वारा आयोजित ‘मिस लिम्बु इन्टरनेशनल–२०१६’ का लागि राजधानीका अलावा धरान र झापाको दमकमा पनि अडिसन हुने भएको छ ।

लिम्बू समुदायका युवतीहरूमा लुकेको प्रतिभा तथा कला संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले सुरु गरिएको ‘मिस लिम्बू इन्टरनेशनल–२०१६’ का लागि धरान र दमकमा क्रमशः साउन २२ र २५ मा अडिसन हुने कार्यक्रम संयोजक दीपा लक्सम लिम्बुले बताइन् ।

राजधानीमा साउन ३१ गते अडिसन हुने भएको छ । लिम्बु समुदायकका अविवाहित युवतीले प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो नजिक पर्ने स्थानमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि धरान, इटहरी, दमक र राजधानीमा सम्पर्क व्यक्ति राखिएको छ ।

‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बु इन्टरनेशनल’ मा १६ देखि २५ वर्ष उमेरका अविवाहित लिम्बू समुदायका युवतीले सहभागी जनाउन सक्नेछन् । अडिशनबाट छनोट भएका प्रतियोगीलाई चर्चित कोरियोग्राफरले राजधानीमा करिब एक महिना आत्मविकास तथा कला, संस्कृति र रहन सहनबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यस वर्ष प्रतियोगितालाई भव्य र सभ्य बनाइने आयोजक याक्थुङ युथ एशोसिएशनले जनाएको छ, जसअनुसार पुरस्कार राशी समेत बढाइएको छ । आयोजकका अनुसार ‘मिस लिम्बु इन्टरनेशनल’ को शीर्ष विजेताले ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् ।

फस्ट रनरअप ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् भने सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने जनाइएको छ ।

सधैका वर्षमा झैं प्रतियोगिताको शीर्ष प्रायोजन बराह जैलर्सले नै गर्दैछ । यसपटक प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने बताइएको छ ।