१ कार्तिक २०८३, आइतबार

ओलीको पक्षमा ‘नारायणकाजी समूह’, हेडक्वाटरमा बबण्डर मच्चाउने

48.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji Shrestha Mao Kendraकाठमाडौं, ३० असार । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारबाट एकाएक समर्थन फिर्ता लिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका पूर्व उपाध्यक्ष नारायणकाजीले नेकपा (माओवादी केन्द्र)को हेडक्वाटर बैठकमा बबण्डर मच्चाउने भएका छन् ।

सरकारबाट एकाएक पार्टीले समर्थन फिर्ता लिएपछि रुष्ट बनेका पूर्व उपाध्यक्ष श्रेष्ठले यस विषयमा पार्टीभित्र कुरा राख्ने जनाउँदै आएका छन् । ‘पार्टीमा कुनै निर्णय नै नगरेर केपी ओली नेतृत्वको सरकारबाट किन बाहिरिएको हो’, गुटको बैठकमा श्रेष्ठले भन्नेको अभिव्यक्ति उल्लेख गर्दै एक नेताले भने, ‘कांग्रेससँग भन्दा एमालेसँगकै सरकारमा माओवादीलाई धेरै फाइदा थियो ।’

आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पहल थालिसकेको माओवादी केन्द्रले शुक्रबार बिहान हेडक्वारट (केन्द्रीय कार्यालय)को बैठक बोलाएको छ । सोही बैठकमा आफ्नो मनभित्रको कुरा श्रेष्ठले पोख्न जनाइएको छ ।

कांग्रेससँग मिलेर सरकार बनाउन लागेकोमा श्रेष्ठलाई चित्त बुझेको छैन । श्रेष्ठले कुनै पनि ठूला निर्णय हुँदा पार्टीभित्र पहिला छलफल गरेर मात्रै गर्नुपर्ने बताउँदै आएका छन् । श्रेष्ठले ओलीलाई छाड्नु परेपनि पार्टीका शीर्ष नेताहरूवीच सहमति आवश्यक रहने उल्लेख गर्ने गरेका छन् ।

स्रोतका अनुसार श्रेष्ठले अबको नयाँ सरकारमा आफू निकटका सांसदहरूलाई मन्त्री बनाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्काउन असन्तुष्टि जनाउने गरेको आरोप पनि छ । अबको सरकारमा श्रेष्ठले गिरिराजमणि पोखरेललाई मन्त्रीमा दोहोराउन खोजेको आरोप पनि छ ।