३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन माघ ८ पछिः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepal

विराटनगर, १ भदौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सातबुँदे सहमति कार्यान्वयन गराउने कुरामा राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन तत्कालै गर्नुपर्ने भन्ने कुरा उल्लेख नभएको बताउनु भएको छ ।

उहाँले आइतवार विराटनगरमा सञ्चारकर्मीसँग तत्कालै राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन नगर्ने प्रष्ट पार्नुभएको हो ।

‘राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदनका विषयमा कांग्रेससँग छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यस्ता प्राविधिक कुरालाई बसेर टुंग्याउन सकिन्छ ।’

उहाँले माघ ८ गते संविधान जारी भएपछि मात्रै नेपाली कांग्रेस र एमालेले राष्ट्रपति र प्रधानमन्त्री छान्ने जानकारी समेत दिनुभयो ।

उहाँले सरकारको कार्यशैलीको भने आलोचना गर्नुभयो । ‘सरकारको कार्यशैली अहिले पनि सुस्त छ,’ उहाँले भन्नुभयो, ‘जनताका समस्या हल गर्न मात्र होइन, संवैधानिक नियुक्तिहरुको विषयमा पनि सरकार अझै गतिशील हुनुपर्छ ।’