२ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा सहकारीको एक अर्ब लगानी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ३० असार । कञ्चनपुरमा रहेका चार सय ५ सहकारीले बार्षिक एक अर्ब बराबर ऋण लगानी गरेका छन् । भने, डडेल्धुराका एक सय ९२ सहकारीले बार्षिक १५ करोड ऋण लगानी गरेको सहकारी डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुधबार डिभिजन सहकारी कार्यालयले महेन्द्रनगरमा आयोजना गरेको लाईस एजेन्सी संगको अन्तरक्रियामा सहकारी अधिकृत राम बहादुर खातीले कञ्चनपुरका सहकारीले एक अर्ब र डडेल्धुराका सहकारीले १५ करोड ऋण लगानी गरेको जानकारी दिनुभयो ।

उनका अनुसार चालु आर्थिक बर्ष २०७२/०७३ असार मसान्त सम्ममा कञ्चनपुरमा २१ र डडेल्धुरामा ८ गरी २९ नयाँ सहकारी दत्र्ता भएका छन् ।

मापदण्ड नपुगाएका गत बर्ष डडेल्धुराका ६ र कञ्चनपुरका १० सहकारीको दत्र्ता खारेजी समेत गरिएको छ, भने चालु आर्थिक बर्षमा डडेल्धुरामा ५ र कञ्चनपुरमा ७ गरी १२ सहकारी खारेज गरिएका छन् ।

जिल्ला सहकारी संघ कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले आर्थिक विकासका मेरुदण्ड सहकारी भएकाले सहकारीको समाजमा आवश्यमकता बड्दै गएको बताए । ‘जिल्लामा रहेका सहकारीहरुले बचत ऋण कारोबार बढि रहेका छन् ।’ उनले भने ‘एउटै उस्ता उस्तै कारोबार गर्ने सहकारीहरुलाई मर्ज गर्नुपर्छ ।’ अध्यक्ष लामाले एक सहकारी एक उत्पादनमा जोडदिएका छन् ।

लक्षित समुहलाई तार्गेट गरेर सहकारीमा आबद्धता गराएर उनीहरुको आर्थिक विकास गर्नुपर्नेमा जोडदिए । सहकारकर्मीहरुले सहकारीको विकास र विस्तार गर्नुपर्नेमा जोडदिएका छन् ।