२६ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरका राउटे परिवारलाई गुजारा चलाउन समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rauta (1)– मोहन विष्ट

कञ्चनपुर, ३० असार । जंगलका राजा भनेर चिनिने राउटे समुदायको उत्थानका लागि राज्यले राउटे समुदायलाई लोपोन्नमुख समुदायमा सूचिकृत गरेको छ ।

राज्यले राउटे समुदायलाई लोपोन्नमुखमा सूचिकृत गरेपनि उनीहरुलाई दिने सुविधामा भने, सम्बन्धीत पक्षबाट प्रभावकारी हुन नसेको छैन् । जसका कारण उनीहरु अझैपनि जंगलमै बस्न बाध्य भएका छन् ।

स्थानियको पहलमा भीमदत्त नगरपालिका ९ मटैना जंगलकै छेउमा एक राउटे परिवारको पूर्नस्थापना गरियो ।

राउटे परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परेको छ । जंगलमा हुँदा कन्दमुल खाएर गुजारा चलाउदै आएका दुर्गा देवि रावतको परिवार विचल्लीमा परेको हो । खाने स्रोत नभएका कारण उनको परिवारलाई बिहान साँझको छाक टार्न धौउ धौउ परेको छ । उनका चार छोरा छन् । चारै छोरा फेरी पनि विहान देखि जंगल जाने गरेका छन् ।

५ बर्ष अघि सिद्धनाथ सामुदायिक बनले बनकै छेउमा रहेको घडेरीसम्म रावतको परिवारलाई उपलब्ध गराएको थियो । जमिन कम र गाँउमा बाँच्ने आधार नभएपछी उनका चारै जना छोराहरु जंगलकै सोत ल्याएर गुजारा चलाईरहेका छन् । गाँउकै स्कुलमा शिशु कक्षामा अध्ययनरत राउटेकी छोरी पनि मानिस देखेपछी डराउने गर्दिन् ।

धना राउत डरले कहिले विद्यालय जान्छिन्, त कहिले जाँदिनन् । उपचार गर्न आर्थिक अभाव भएपछी श्रीमान वितेको दुखेसो पोख्दै दुर्गा रावतले भनिन् ‘खेतीपाती गर्न जमिन छैन्, बाँच्नका लागि फेरी पनि मेरा चारै छोरा जंगल जान्छन् ।’उनले भनिन् ‘जंगलकै बस्तु खाएर बाँचिएका छौँ ।’ गाँउमा पूर्नस्थापना गरिएपनि आर्थिक अभावका कारण छोराहरुलाई विद्यालय पढाउन नसकिएको उनको दुखेसो छ ।

कञ्चनपुरका स्थानिय निकाय जिविस, नगरपालिका तथा सरकारी कार्यालयबाट लोपोन्मुख समुदायका लागि छुट्टाएको बजेट समेत पहुँचवालाहरुले कुम्ल्याउने गरेका कारण अझैपनि वास्तविक राउेट समुदाय सरकारी सुविधा बाट बञ्चित छन् ।

यसरी गाँउमा पूर्नस्थापना हुँदा पनि सरकारी तथा गैर सरकारी संस्थमा बाट उनको परिवारलाई कसैले सहयोग गरेको छैन् । मानिस भएर पनि २१ औँ शताब्दीमा आईपुग्दा समेत जंगलमै आश्रित दुखत विषय हो । नयाँ संविधानमा पनि हरेक नेपाली नागरिक घर विहिन नहुने भनिएको छ । राउटे समुदायको पनि मानव अधिकारको ग्यारेन्टी गरिनुपर्छ । स्थानियहरुले समेत राउटे समुदायको व्यवस्थापन गर्नुपर्नेमा जोडदिएका छन् ।

ब्रम्हदेवका स्थानिय अगुवा मोतिसिह महताले राज्यले यस्ता लोपोन्मुख समुदायको संरक्षण गर्नुपर्नेमा जोडदिए । राउटे समुदायका सहयोगी जित बहादुर बमले राउटे समुदायको पूर्नस्थापना हुनुपर्ने बताउनुभयो । ‘राउटे लाई राज्यको लार्पबाहीका कारण परापुर्वकाल झै जंगलमै बाँच्ने आधारको विकल्प दिनुपर्छ’, उनले भने ‘राउटेलाई जंगलबाट बस्तीमा स्थापना गर्नुपर्छ ।’ राज्यले राउटे समुदायको उत्थानका लागि विशेष कार्यक्रम संचालन गर्नुपर्नेमा उनले जोडदिए । कञ्चनपुरमा हाल तिन राउटेका परिवार बस्दै आएका छन् । उनीहरुका समस्या धनाको परिवारको जस्तै हो ।