१० कार्तिक २०८३, मंगलबार

प्रचण्डले यसरी जोखिम मोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand_06092013काठमाडौं, ३० असार । भारतको डिजाइनमा केपी ओली नेतृत्वको वर्तमान सरकार गिराएको आरोप एमालेले लगाइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले आफ्नो राजनीतिलाई दाउमा राखेर कांग्रेससँग मिलेर नयाँ सरकार बनाउँदैछ ।

सरकार बनाउन विशेष गरेर माओवादी र कांग्रेसका दोस्रो तहका नेताहरूको विशेष भूमिका छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

महासचिव कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन तथा कांग्रेसका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, खुमबहादुर खड्का र अमरेशकुमार सिंहको नाम अगाडि आउँछ ।

एमालेले ‘भारतीय दललालहरू’को सरकार भनेर आक्षेप लगाएपनि यसमा कुनै दम छैन । किनभने कांग्रेस र माओवादीभन्दा पनि एमाले भारतपरस्त दल हो । ओली सरकार चरम नाकाबन्दीका संकटमा रहेका बेला कुरा मिलाउन र सबै सेटिङ गर्न सचिव प्रदीप ज्ञवालीलाई नयाँ दिल्ली पठाएका थिए । ज्ञवालीले सबै सर्तमा ओलीलाई सहयोग गर्न भनेपनि भारतीय पक्षले अविश्वास गरेका कारण ओली अचानक राष्ट्रवादी नेताको छवि बनाउन पुगेका हुन् ।

तर, बाहिर भनिएजस्तो राष्ट्रवादी छवि ओलीमा छैन । एमाले पार्टीभित्र छ । चाइनिजहरूको समर्थनमा अघिल्लो पटक ढल्दै गरेको ओली सरकार बचेको उदाहरण स्वयं एमालेका प्रभावशाली नेताहरूले भन्ने गरेका छन् । यसपटक चाइनिजहरूले ओलीलाई पनि अविश्वास गरे ।

अनि सरकार गिर्न पुग्यो । यसको फाइदा कांग्रेस र माओवादी केन्द्रलाई परेको छ । सत्ताबाट बाहिरिएको एमाले, कांग्रेस र माओवादीलाई जति भारतीय दलाल भनेर आरोप लगाए पनि त्यसको कुनै तुक नरहेको एक कांग्रेसी नेताले बताए ।

सधै आफू भारतीय संस्थापन पक्षको नजिकको रहेको बताउने कांग्रेस सांसद अमरेशकुमार सिंहले कांग्रेसभित्र भन्ने गरेका छन्–‘कांग्रेसलाई सधैँ एमालेले भारतीय दलाल भन्छ । तर एमालेका नेताहरूभित्रै भारतीय गुप्तचर संस्था ‘रअ’का तलव खाने गुप्तचरहरू छन् ।’

अमरेशकुमारको यो भनाइमा दम छ । किनभने संविधान जारी हुने बेला भारतीय विदेश सचिव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएर सिधै ओलीको निवास बालकोट पुगेका थिए । यसलाई कसरी बुझ्ने ? यदि ओली राष्ट्रवादी नेता हुन्थे भने उनले भेटवार्ताका भित्री कुरा भन्न सक्नु पर्ने थियो । उनले केही भनेन् ।

स्रोतका अनुसार कृष्णबहादुर महरा र खुमबहादुर खड्काको चार महिनाअघि नयाँ दिल्ली भ्रमणका बेला नै यो ओली सरकार गिराएर नयाँ सरकार बनाउने सहमति भएको थियो ।

वीचमा चिनियाँहरूको दबाब खेप्न नसकेर प्रचण्डले ओलीलाई साथ दिएका थिए । सधैँ अरुका लागि राजनीति गर्नुपर्ने कार्यबाट दिक्क भएका प्रचण्डले महरासहितका नेताहरूको राजनीतिलाई जोखिममा राखेर कांग्रेससँग मिलेर सरकार बनाउन तयार भएका हुन् । यो डिजाइनमा महरा र खुमबहादुरका साथै कृष्णप्रसाद सिटौलाको पनि विशेष भूमिका छ ।