काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपालमा अब संघीयता लागु हुनै नसक्ने बताएका छन् ।
बीबीसी नेपाली सेवाका लागि पत्रकार रविन्द्र मिश्रसँगको अन्तर्वार्तामा सिंहले नयाँ संविधान लागु गर्न समेत धेरे गाह्रो छ भन्दै संघीयता त आर्थिक र राजनीतिक रुपमा लागु हुननसक्ने बताए ।
२०६२–६३ सालको आन्दोलनयताका मुख्य राजनीतिक परिवर्तनका कयौं प्रमुख र हालको सरकार परिवर्तनका वार्ताहरूमा पनि संलग्न अनि संघीयताको दृढ वकालतकर्ता सिंहले भने– मेरो बुझाइ परिवर्तन भयो, नेपालमा अब संघीयता लागू हुनै सक्दैन ।’
संघीयता आर्थिक र राजनीतिक रुपले सक्षम छैन् भन्दै उनले भने– ‘अन्तर्राष्ट्रिय रुपमा पनि संघीयता लागु गर्न सम्भव छैन् । भारत र चीनको सुरक्षा चाँसो छ । नेपालले धान्न सक्दैन् । अहिलेको सात प्रदेशको संरचनाले नेपालको विकास हुँदैन् ।’
संघीयतामा जाँदा राज्यमाथि आर्थिक भार बढ्ने भन्दै उक्त भारत नेपालले थेग्न नसक्ने उनको तर्क थियो । ‘रियल पोलिटियसनले जनता र राष्ट्रलाई ध्यान राखेर र भविष्य हरेर काम गर्नुपर्छ । देशलाई कमजोर पारेर कुनै राजनीति सफल हुँदैन् । देश विकास गर्ने हो भन्ने संघीयता खारेज गर्नुपर्छ । देश निकासका लागि पनि यसको विकल्प छैन्,’ उनले भने ।
यसअघि नेकपा एमालेका नेता झलनाथ खनालले संघीयता खारेज गर्नुपर्ने सुझाव दिएका थिए ।













प्रतिक्रिया