२ कार्तिक २०८३, सोमबार

एनसीसी बैंकको मर्जर प्रस्ताव पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncc-bank

काठमाडौं, २९ असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सिद्धार्थनगर भैरहवामा बुधवार संचालक/व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको सभापतित्वमा सम्पन्न विशेष साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रवक्ता बन्दना पाठकले जानकारी दिइन् ।

उनका अनुसार मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षक (Due Diligence Auditor) ले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit Report) बमोजिम समायोजित नेटवर्थका आधारमा एनसीसी बैंकको एक शेयर बरावर कुमारी बैंकको एक शेयर, (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८), र सुप्रिम डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), हुनेगरी शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो ।

साथै मर्जर पश्चात बन्ने संस्थामा एनसीसी बैंकको प्रवन्ध पत्र तथा नियमावली लागु हुने भएकोले सोही अनुसार प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्तावित संशोधन समेत पारित गरेको छ ।