२६ कार्तिक २०८३, बिहिबार

गठबन्धनका ४२ सांसदले ओली सरकारको विपक्षमा मतदान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Yadav, Thakur & Mahatoकाठमाडौं, २९ असार । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार गिराउन कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

‘केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको छ’, झाले भन्नुभयो, ‘सरकार गिराउनका लागि हामीले जस्तो सहयोग गर्न तयार छौँ ।’

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष रामनरेश राय यादवले पनि ओली सरकारका विरुद्ध गठबन्धन रहेको बताउनुभयो ।

संघीय गठबन्धनमा विभिन्न दलका ४२ सांसद छन् । अब यी ४२ सांसदले ओली सरकार गिराउन अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने छन् ।