३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा टीका तथा प्रसाद ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-baran-yadavललितपुर, १ भदौ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति डा रामवरण यादव आइतबार पाटनस्थित श्रीकृष्ण मन्दिर जानु भई पूजा अर्चना तथा प्रसाद ग्रहण गर्नुभयो ।

बिहान ८ बजेर १० मिनेटमा कृष्णमन्दिर पुुग्नुभएका राष्ट्रपति डा यादवले मूल पुजारी रवीन्द्र शर्माको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति डा यादवले मन्दिरपरिसरको अगाडितर्फ रहेको ऐतिहासिक ढुङ्गेधारा (मङ्गल हिटी) को अवलोकन गर्नुभएको थियो ।

हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटन दरबारपरिसरमा आज भव्य मेला लागेको छ । मन्दिरमा दर्शनका लागि हजारौँ श्रद्धालु भक्तजन गएरातिदेखि नै लामबद्ध भएका थिए । राति १ बजेबाट दर्शनका लागि मन्दिर खुल्ला गरिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

जात्रा व्यवस्थापनको जिम्मेवारी लिएको मङ्गल टोल सुधार समितिका अनुसार टोलसुधार, स्थानीय समिति लगायतका करिब एक हजार ५०० र नेपाल स्काउट, रेडक्रस सोसाइटी, रेयुकाई र सयौँ स्वयम्सेवक जात्रा व्यवस्थापनका लागि खटिएका छन् ।

समितिका अध्यक्ष किरण प्रधानले भक्तजनलाई सहज रूपमा मन्दिर दर्शनका लागि सघाउ पु¥याउन पर्याप्त मात्रामा स्वयम्सेवक तथा सुरक्षाकर्मी खटिएको बताउनुभयो ।

मन्दिर दर्शनका लागि महिला र पुरुषको भिन्नाभिन्नै लाइन लागेको छ, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनका लागि छुट्टै व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

मौसमले साथ दिएकाले यसपटक करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।