२ कार्तिक २०८३, सोमबार

तरकारीको मूल्य बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkari

भीमदत्तनगर, २९ असार । स्थानीय उत्पादनमा कमी आउँदा कञ्चनपुरमा तरकारीको मूल्य वृद्धि भएको छ ।

स्थानीय उत्पादन नहुँदा भारतीय सीमावर्ती बजार र डडेल्धुराबाट कञ्चनपुर मण्डीमा तरकारी आयात गरेपछि मूल्य बढेको हो । वर्खामा उत्पादनमा कमी आउँनुका साथै बगरमा उत्पादन भएको तरकारी सकिँदा बाहिरबाट आयात गर्नुपरेको तरकारी व्यापारी अनिल चौधरीले बताउनुभयो ।

“तरकारी आयातसँगै मूल्य दोब्बरले बढेको छ,” उहाँले भन्नुभयो– “बाहिरबाट आयात गर्दा पनि तरकारीको माग पूरा गर्न सकिएको छैन ।” दुई महिनाअघिसम्म प्रतिकिलो रु ५० मा पाइने गोलभेँडा अहिले रु १०० मा बिक्री भइरहेको छ ।

अहिले काउली, गोलभेँडा, फर्सी, लौका, मुला, करेला, भन्टालगायत तरकारीको मूल्य ४० देखि ५० प्रतिशतले बढेको छ । बजारमा प्याज प्रतिकिलो रु ४०, फर्सी रु ६०, आलु रु ४०, करेला रु ६०, भन्टा रु ६०, अदुवा रु १२०, लौका रु ६०, मुला रु ५० मा बिक्री भइरहेको छ ।

कञ्चनपुर सब्जी मण्डीका पूर्वअध्यक्ष एवम् तरकारी व्यापारी तर्कराज भट्टका अनुसार अहिले दैनिक १२ देखि १४ टन तरकारी खपत हुने गरेको छ । अहिले करेला, फर्सी, काँक्रा बाहेक अन्य तरकारी बाहिरबाट आयात हुने गरेको भट्टले बताउनुभयो । “हिउँदे मौसममा कञ्चनपुर तरकारीमा आत्मनिर्भर भइसकेको छ,” उहाँले भन्नुभयो । रासस