२ कार्तिक २०८३, सोमबार

पचास प्रतिशत रोपाइँ सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ropai dhan

भद्रपुर, २९ असार । झापामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाका अनुसार मौसम अनुकूल रहे शतप्रतिशत रोपाइँ सम्पन्न हुने छ । जिल्लामा पहिलो पटक मेसिनबाट धान रोपाइँ गरिएको छ । यसबाट किसान हर्षित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पुहाङतुवारीस्थित राजन शङ्करको खेतमा धान रोप्ने मेसिनबाट रोपाइँ गर्नुभएको थियो । जिल्लाका विभिन्न सहकारीले यस वर्ष मेसिनबाट रोपाइँ गर्न सहयोग पुर्याएका छन् । मेसिन किन्न सरकारले ५० प्रतिशत अनुदान दिने गरेको छ ।

वैदेशिक रोजगार र अन्य कारणले कृषि मजदुर पाउन गाह्रो भएपछि किसान मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका हुन् । रासस