२६ कार्तिक २०८३, बिहिबार

संघीय गठबन्धन र मधेसी मोर्चा कांग्रेस–माओवादी गठबन्धनप्रति सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-prachandकाठमाडौं, २९ असार । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र र कांग्रेसको नयाँ गठबन्धनमा बन्न लागेको सरकारमा जान सकिने संकेत गरेका छन् ।

लामो समयदेखि संविधान पुनर्लेखनको माग गर्दै आएका अध्यक्ष यादवले आफूहरूका मागमा कांग्रेस र माओवादी केन्द्र सकारात्मक भइ सम्झौता गरेर सरकारमा सहभागी हुन आफूहरूलाई कुनै अपात्ति नहुने जनाएका हुन् ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उनले भनेका छन्,‘सरकारमा सहभागी हुन सकिन्छ । तर हाम्रा मागका विषयमा कांग्रेस र माओवादी सकारात्मक हुनुपर्छ ।’

अध्यक्ष यादवले वर्तमान केपी ओली नेतृत्वको सरकार आदिवासी जनजाति, मधेसी र थारु आन्दोलनको विपक्षमा रहेको हुने यसलाई विस्थापित गर्नुपर्ने अनिवार्यता रहेको उल्लेख गर्नुभयो ।

उता, मधेसी मोर्चाका नेताहरू पनि अब बन्ने नयाँ सरकारमा सहभागी हुने संकेत दिएका छन् । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले सरकारमा जान सकिने तर आफूहरूका मागलाई पहिला सम्बोधन गर्नुपर्ने बताउनु हुन्छ ।

‘यथाअवस्थामा जसको सरकार बनेपनि सहभागी हुने कुरै आउँदैन’, उहाँले भन्नुभयो, ‘अब हुने प्रधानमन्त्री निर्वाचनमा हाम्रा मागका विषयमा प्रमुख अडान हुनेछ ।’