२६ कार्तिक २०८३, बिहिबार

संसदको बैठक तीन बजेसम्म सारियो, ‘प्रचण्ड’ले सम्बोधन गर्ने, ओलीको राजीनामा माग्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-in-Parliamentकाठमाडौं, २९ असार । प्रमुख दलहरू आन्तरिक छलफल र परामर्शहरूमा व्यस्त भएपछि संसदको बैठक अपरान्ह तीन बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको छ ।

संसदको कार्य सूचीअनुसार आर्थिक वर्ष २०७३/७४को बजेट पारित गर्ने कार्यक्रम छ । सोअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

कांग्रेस र माओवादी केन्द्रवीच भएको सहमतिअनुसार आजको संसद बैठकमा प्रचण्डले बोलेर नयाँ सरकार बनाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई मार्ग प्रसस्त गर्न आग्रह गर्नु हुनेछ ।

यदि प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने यी दुई दलको तयारी छ । कांग्रेस नेता रमेश लेखकले पनि प्रधानमन्त्री ओलीले मार्ग प्रसस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिनुभएको छ ।

स्रोतको अनुसार प्रधानमन्त्रीले संविधानअनुसार आफूले अबको अवस्थाको फेस गर्ने भन्दै राजीनामा नदिने बताउँदै आउनु भएको छ ।