२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस र माओवादीले अरु दलहरूसँग परामर्श गर्ने, प्रधानमन्त्री पनि गृहकार्यमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-prachand-deubaकाठमाडौं, २९ असार । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी ओली नेतृत्वको सरकारको बहिरर्गमन र नयाँ सरकारका विषयमा प्रमुख दलहरूले राजनीतिक परामर्श थालेका छन् ।

विशेष गरेर कांग्रेस, माओवादी केन्द्र र मधेसी केन्द्रित दलहरूवीच आज परामर्श हुनेछ । कांग्रेसका नेताहरूका अनुसार मधेस केन्द्रित राजनीतिक दल र थारु सांसदसँग परामर्श गरेर उनीहरूका माग र सरकारमा सहभागितामा छलफल हुनेछ ।

सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रले मधेसी केन्द्रित दलहरूको समर्थन अनिर्वाय छ । उनीहरूलाई फकाउन पनि परामर्श गर्नुपर्ने बाध्यता रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

मधेसी केन्द्रित दलका नेताहरूले आफूहरूले उठाएका मागका विषयमा सहमति जुटे सरकारमा पनि जान सकिने धारणा दिन थालेका छन् ।

उता, प्रधानमन्त्री ओलीले पनि सरकार अल्पमतमा परेका विषयमा विभिन्न दलका नेताहरूसँग परामर्श गरिरहनु भएको बुझिएको छ ।