२६ कार्तिक २०८३, बिहिबार

झुर्कियामा विषालु फल खाँदा १५ बालबालिका बिरामी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Champa ko Fulविराटनगर, २९ असार । मोरङमा मंगलबार विहान विषालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् ।

सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरु खेल्नेक्रममा चम्पा (जरकर्नेल) फूलको फल खाएपछि बिरामी परेका हुन् ।

सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो ।

हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । रासस