१ कार्तिक २०८३, आइतबार

कतारमा नेपाली कलाकारहरूको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhumika Giriकतार । बसन्त फिल्मस् प्रालि दोहा कतारद्वारा नेपाली कलाकारहरु सम्मानित भएका छन । चितवन युवा समुह कतारले आयोजना गरेको चितवन धमाका साँझ २०१६ का लागि कतार आएका लोक तथा दोहोरी गायकनेत्र जी पन्त, लोक तथा दोहोरी गायिका भूमिका गिरी, गायक संजिव सिह राना, गायिका सरिता गुरुङ श्रेष्ठ, हास्यव्यंग्य कलाकार ज्योति काफ्लेलाई बसन्त फिल्मस् प्रालि दोहा कतारले एक कार्यक्रमका बीचदोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

निर्देशक ईश्वर काफ्लेले सभापतित्व गरेका थिए । समाजसेवी व्यवसायी तथा सस्था कि प्रमुख सल्लाहकार माया केसीको प्रमुख अतिथ्यता रहेको थियो ।

समाजसेवी व्यवसायीसागर नेपाल, लोक तथा दोहोरी गायकनेत्र जी पन्त, लोक तथा दोहोरी गायिका भूमिका गिरी, गायक संजिव सिह राना, गायिका सरिता गुरुङ श्रेष्ठ, हास्यव्यंग्य कलाकार ज्योति काफ्लेबिशेष अतिथि रहेका थिए ।

अतिथिहरुमा चितवन युवा समुहका अध्यक्ष भूमिराज कार्की, नेपाल टेलिभिजनका पत्रकार फरेन्द्र दाहाल, नेपाली महिला समाजकी कोषाध्यक्ष सुस्मिता भुसाल, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे,दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष बसन्त राज पुरी,मोना कतारका महासचिव तिलु शर्मा पौडेल एभरेष्ट नेपालका अध्यक्ष उत्तम गुरुङ, गुल्मी सेवा समाजका सचिव कुमार अविरल,स्याङ्जा सहयोग समाजका उपाध्यक्ष अबु अलि, पत्रकार रवि रोषी लगायत कलाकारलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।